काठमाडौं- अधिवक्ता टीकाराम भट्टराईले न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा नबस्दा नै उचित हुने तर्क गरेका छन्।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आइतबार सर्वाेच्चको संवैधानिक इजलासमा बहस गर्न पुगेका भट्टराईले न्यायाधीशद्वय केसी र श्रेष्ठ इजलासमा नबस्दा नै राम्रो हुने बताए।
केसी प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा अघिल्लोपटकको संवैधानिक इजलासमा पनि थिए भने श्रेष्ठले नेकपा नाम विवाद मुद्दामा फैसला सुनाएका थिए। रिट निवेदनभन्दा एक कदम अघिर बढेर एमाले र माओवादी केन्द्र ब्युँताएको भन्दै उक्त फैसलाको आलोचना हुने गरेको छ।
'दुई जना श्रीमानलाई अलग राख्न जरूरी छ। बायस हुन्छ भन्ने लाग्छ भने प्रश्न उठाउन पाइन्छ', भट्टराईले भने, 'बिनापूर्वाग्रह रुपमा सुनुवाइ हुन्छ लाग्नु पर्छ। उहाँहरू राम्रा न्यायाधीश हाे। न्याय देखिनु पर्छ। के थाहा भाेलि रायवाझी हाेला। त्यसैले न्याय गरेकाे पनि देखिनु पर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।