काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न उठाउने वरिष्ठ अधिवक्ताहरूलाई 'मेराे पनि माेरल के हाे?' भनी प्रश्न गरेका छन्।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा आइतबार सर्वाेच्चको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीसहितले नेकपा नाम विवादमा फैसला सुनाउने न्यायाधीश बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा रहेकाबारे प्रश्न उठाएपछि प्रधानन्यायाधीशले आफ्नो 'मोरल'बारे पनि सोधेका हुन्।
उनले नेकपा विवादमा पुनरवलाेकनमा आफू पनि संलग्न भएकाले आफ्नो हकमा के हुने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई सोधेका हुन्।
वरिष्ठ अधिवक्ता कार्कीले संसारभर कुनै प्रश्न उठेपछि न्यायाधीश इजलासबाट अलग हुने गरेकाे बताएका थिए।
'यसमासार्थक सम्बन्ध के हाे ? याे सँग के सम्बन्ध छ भनेर देखाइनुस् न', प्रधान्यायाधीश राणाले भने।
'हेर्न हुन्छ कि हुँदैन भन्ने डाउट आएपछि त्याे मुद्दा हेर्नु हुँदैन। डाउट हुने मुद्दामा बस्न हुँदैन। हाम्राे जस्ताे देशमा सबै मुद्दामा राजनीतिक पक्ष जाेडिन्छ', त्यसपछि कार्कीले भने, 'याे निवेदन दिनेमा चारमध्ये दुई पक्ष नेकपा विवादकाे फैसलासँग जाेडिएका छन्। जुन डाउट सिर्जना भयाे त्यसलाई निरुपण गर्न न्यायाधीशहरु बाहिर बस्न उपयुक्त हुन्छ भन्ने मेराे राय हाे। सम्माननीयले निर्णय गर्नुस्।'
अनि, प्रधानन्यायाधीशले हाँस्दै भने, 'मलाई पनि भन्नुस न। वरिष्ठ र बारलाई याे अधिकार छ । मेराे पनि माेरल छैन।'
वरिष्ठ अधविक्ता कार्कीले थपे, 'त्याे तपाईं नै विचार गर्नुस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।