काठमाडौं- वरिष्ठ अधिवक्ताहरूले दोस्रोपटक संविधान बचाउन अदालत आएको बताएका छन्। आइतबार सर्वाेच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा बहस गर्न पुगेका उनीहरूले संविधान र अदालतको मर्यादा बचाइराख्न न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ बस्न इजलासमा बस्न नमिल्ने बताए।
वरिष्ठ अधिवक्ता महादेव यादवले देशलाई कता लैजाने भनेर अब विचार गर्नुपर्ने बताए। 'दाेस्राेपटक हामी संविधान बचाउन अदालत आएका छाैं। त्यसैले श्रीमानहरु अलग भएर इजलास गठन गराैं', उनले भने।
यस्तै वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले संसारभर कुनै प्रश्न उठेपछि न्यायाधीश इजलासबाट अलग हुने गरेकाे बताए। उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सार्थक सम्बन्ध के हाे ? याे सँग के सम्बन्ध छ भन्दै देखाउन भने।
'हेर्न हुन्छ कि हुँदैन भन्ने डाउट आएपछि त्याे मुद्दा हेर्नु हुँदैन। डाउट हुने मुद्दामा बस्न हुँदैन। हाम्राे जस्ताे देशमा सबै मुद्दामा राजनीतिक पक्ष जाेडिन्छ', कार्कीले भने, 'याे निवेदन दिनेमा चारमध्ये दुई पक्ष नेकपा विवादकाे फैसलासँग जाेडिएका छन्। जुन डाउट सिर्जना भयाे त्यसलाई निरुपण गर्न न्यायाधीशहरु बाहिर बस्न उपयुक्त हुन्छ भन्ने मेराे राय हाे। सम्माननीयले निर्णय गर्नुस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।