गेर्खुटार– नुवाकोटबाट पहिलोपटक सगरमाथामा पाइला टेक्न सफल विदुर नगरपालिका वडा नं. १० गेर्खुटारका विवेक पाण्डेलाई उनको गाउँमा सम्मान गरिएको छ।
पाण्डेलाई गेर्खुटारमा रहेको सूर्याेदय सामाजिक कल्बले सम्मान गरेको हो। पाण्डेले निकै चुनौतीको सामना गर्दै सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएको बताए। पाण्डेले सम्मान कार्यक्रममा आफ्नो सगरमाथा आरोहणका अनुभव सुनाएका थिए। उनले करिब एकमहिना समय लगाएर सगरमाथा आरोहण गरेको जनाए।
सम्मान कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नं. १० का वडाअध्यक्ष गणेश नेपालले नुवाकोटबाट सगरमाथाको शिखरमा पाइला टेक्न सफल विवेकलाई बधाइ दिए। उनले विवेकले नुवाकोटको शिर उँचो पारेकोले आफूहरु गौरभान्वित भएको बताए।
पाण्डेले जेठ ४ को विहान ६ बजेर २० मिनेट जाँदा सगरमाथामा पाइला टेकेका थिए। पाण्डेलाई अहिले नुवाकोटका विभिन्न संघसंस्थाले सम्मन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।