काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेललाई दिइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा पौडेललाई मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिएको हो।
ईडीसीडीको जिम्मेवारीसहित प्रवक्ताको पनि जिम्मेवारी पाएको डा पौडेलले बताए। उनले आजदेखि नै प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्। उनले भने, ‘भर्खरै इमेल मार्फत पत्र पाए। मैले इडिसिडी सहित प्रवक्ताको जिम्मेवारी पाएको हुँ।’
यसअघि मन्त्रालयको प्रवक्ता डा जागेश्वर गौतम थिए। उनी कोडिभ-१९ केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख कार्यकारी अधिकारी भएपछि मन्त्रालयको प्रवक्ताको पद खाली थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।