काठमाडौं– नेपालगञ्ज उप महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार अक्षम्य भएको बताएको बताएका छन्। उनले यस्तो हर्कत गर्नेहरुमाथि कारबाहीको माग गरेका छन्।
बिहीबार राती भेरी अस्पतालकामा उपचाररत एक बिरामीको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा प्रवेश गरेर चिकित्सक र नर्समाथि हातपात गरेपछि प्रमुख राणाले स्वास्थ्यकर्मीमाथि भएको दुब्यवहार अक्षम्य र आपराधिक भएको टिप्पणी गरेका हुन्।
शुक्रबार सामाजिक ट्वीटरमा महानगर प्रमुख राणाले लेखेका छन्, ‘महामारीमा अग्रपंक्तिमा रही बिरामी बचाऊन ज्यानको बाजी लगाएर अहोरात्र खटिने भेरी हस्पिटलका स्वास्थ्यकर्मी माथि गएराती गरिएको दुर्व्यवहार र विध्वंसात्मक हर्कत अक्षम्य र अपराधीक छन्। तत्काल कार्बाहीको गरियोस् ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।