कञ्चनपुर– कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजारमा आज बिहानै बम विस्फोट भएको छ।
स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।
प्रहरी नायब उपरीक्षक सेटीका अनुसार बम विस्फोटबाट उद्योगको पर्खालमा क्षति पुगेको छ।
बम विस्फोट भएको उद्योग कैलाश सुनारको रहेको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।