काठमाडौं- काठमाडौं उपत्यकामा रहेका अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका सरकारी कार्यालय पनि बन्द हुने भएका छन्।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २० जेठसम्म निषेधाज्ञा लम्ब्याउँदै यस्तो निर्णय गरेको हो। यो निर्णय १४ गते बिहानदेखि लागू हुनेछ।
‘अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
साथै, सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारी साधन दिउँसो सञ्चालन गर्न नपाइने भएको छ।
यी कार्यालय र संस्थाका सवारी साधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।