• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २, २०८२ Tue, Nov 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिममा माधव पक्ष बलियो हुँदा माओवादी सरकारलाई राहत

​​​​​​​केन्द्रको निर्णय अवज्ञा गर्ने माधव पक्षको तयारी
64x64
नेपाल लाइभ मंगलबार, जेठ ११, २०७८  ११:५३
1140x725
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट।

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल पक्षीय सांसदहरुको मत बलियो हुँदा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई राहत पुग्ने देखिएको छ। सोमबार मात्रै एमालेको स्थायी कमिटी बैठकले त्यहाँको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, एमालेभित्रको विभाजित अवस्थाको फाइदा मुख्यमन्त्री त्रिलोचन भट्टले उठाउन सक्ने देखिएको हो।

प्रदेश कमिटीले गरेको निर्णय कार्यान्वयन नभएपछि केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेको हो। चैतको मध्यमा बसेको ओली पक्षीय प्रदेश कमिटीले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। प्रदेश सरकारमा माधव पक्ष हाबी भएकाले ओली पक्षको प्रदेश कमिटीको निर्णय कार्यान्वयन हुन सकेको थिएन।

केन्द्रकै हस्तक्षेप आवश्यक हुने देखेर प्रदेश कमिटीले पनि केन्द्रको मुख ताकेको थियो। सोही अनुसार सोमबार पार्टी केन्द्रले निर्णय गरेको हो। ओली पक्षले निर्णय गर्दैमा आफूहरुले त्यसलाई स्वीकार गर्न नसक्ने उद्योग, वन तथा वातावरण मन्त्री माया भट्टले बताइन्। उनले भनिन्, ‘संसदीय दलको बैठक बस्दैछ। त्यही बैठकले अन्तिम निर्णय गर्छ।‘

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको नेतामा माधव पक्षीय सांसद प्रकाश शाह छन्। ५३ सदस्यीय प्रदेश सभामा सभामुखसहित २५ जना एमालेका छन्। माधव पक्षका सांसद १८ जना छन्। एमालेमा करिब दुई तिहाइ सांसद माधव पक्षका भएकाले माओवादी केन्द्रको सरकार कायम रहन सक्छ।

प्रदेश सरकारमा रहेका एमालेबाट प्रतिनिधित्व गर्ने तीन जना नै माधव पक्षका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री सम्हालेका प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, वन तथा वातावरणमन्त्री माया भट्ट माधव पक्षका सांसद हुन्। शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि पाएका छन्।

Ncell 2
Ncell 2

ओली पक्षले सरकारबाट फिर्ता हुने निर्णय गरे पनि माधव पक्ष सरकारबाट फर्कने पक्षमा छैन। पार्टीले औपचारिक निर्णय गरेकाले सोही अनुसार प्रक्रिया अघि बढे मुख्यमन्त्री भट्टले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत लिने क्रममा माधव पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना अत्यधिक छ। विश्वासको मतको लागि भट्टलाई २७ मत आवश्यक पर्दछ। माधव पक्षका १८ र माओवादी केन्द्रका १३ गरी भट्टलाई ३१ मतसहित बहुमत पुग्दछ।

पार्टी निर्णय नमानेको भन्दै ओली पक्षले विश्वासको मत नलिँदै माधव पक्षका सांसदलाई कारबाही गर्न सक्छ। पार्टी निर्देशन नमान्नेलाई कारबाही गर्ने प्रक्रिया हुनु स्वभाविक रहेको ओली पक्षीय एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले बताए। माधव पक्षका सांसदहरु कारबाहीमा गर्दा पनि ओली पक्षलाई सरकार बनाउ सहज हुँदैन।

यो पनि पढ्नुहोस्

एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनेसोमबार, जेठ १०, २०७८

कदाचित्, ओली पक्षले माधव पक्षका १८ नै सांसदलाई कारबाही गर्‍यो भने संसद्मा सांसद संख्या ३५ हुन पुग्छ। त्यसअनुसार बहुमत पुर्‍याई सरकार बनाउन १८ सांसद भएपुग्छ। त्यसबेला सरकार बनाउन सहज वातावरण माओवादी केन्द्र र कांग्रेसलाई हुनेछ। माओवादी केन्द्रका १३ र कांग्रेसका १२ सांसदले बहुमत पुर्‍याएर सरकार बनाउन सक्नेछन्। प्रदेश सभामा जनता समाजवादीका दुई सांसद छन्।

एमाले एक ढिक्का रहेको अवस्थामा जसपाको सहयोगमा सरकार बन्न सक्छ। तर,एमाले एक हुने अवस्था करिब सकिएको छ। ओली पक्षीय एमालेका सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाले एमालेको नेतृत्वमा सरकार बनाउन नै समर्थन फिर्ता लिने निर्णय गरिएको बताए।

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ११:५३
  • #सुदूरपश्चिम
  • #केपी_ओली
  • #प्रदेश_सरकार
  • #माधव_कुमार_नेपाल
  • #एमाले_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक
दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
सम्बन्धित सामग्री
च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक सांसदहरुलाई जानकारी गराउने र छलफलपछि निर्णय हुने बताए । मंगलबार, मंसिर २, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक मंगलबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मंगलबार, मंसिर २, २०८२
निर्वाचन आयोगमा रास्वपाले दियो दल दर्ताको निवेदन नेतृ अधिकारीका अनुसार राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता अनिवार्य भएपछि आयोगमा औपचारिक रूपमा निवेदन बुझाइएको हो।... सोमबार, मंसिर १, २०८२
ताजा समाचारसबै
च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक मंगलबार, मंसिर २, २०८२
दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने मंगलबार, मंसिर २, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक मंगलबार, मंसिर २, २०८२
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो मंगलबार, मंसिर २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
जनकपुरविरुद्ध टस जित्दै काठमान्डुले फिल्डिङ रोज्यो सोमबार, मंसिर १, २०८२
एनपीएल : उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरमाथि काठमाण्डू पाँच विकेटले विजयी सोमबार, मंसिर १, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्