काठमाडौं- सगरमाथाको चौथो शिविर (क्याम्प आइभी)मा फेला परेका दुई शव नेपाली सेनाको टोलीले काठमाडौं ल्याएको छ।
‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन गर्ने क्रममा ८ सय मिटरको चौथोे शिविरमा वैशाख २९ र ३१ गते दुई शव फेला परेको थियो। उक्त शव सेनाको डेड बढी रिकभरी टिमले वैशाख ३० र जेठ ९ गते दोस्रो शिविरमा ल्याउन सफल भएको थियो।
आज ती शव हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।
दुई शवमध्ये एक शव अमेरिकाकाे कालोराडो निवासी ६२ वर्षीय क्रिस्टोफर कुलिस रहेकाे सेनाले जानकारी दिएकाे छ। त्यस्तै अर्को शवको पहिचान हुन सकेकाे छैन। क्रिस्टोफर सन् २०१९ मा सगरमाथा आरोहण गरी फर्कने क्रममा बेपत्ता भएका थिए।
शव व्यवस्थापनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुझाइएको सेनाले विज्ञप्तीमार्फत् जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।