• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोरोना कहरमै मुलुक फेरि आन्दोलनतिर!

64x64
नेपाल लाइभ शनिबार, जेठ ८, २०७८  २२:४०
1140x725

काठमाडौं- शनिबार बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जसपाको डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठकले प्रतिनिधि सभा विघटन गर्ने कदमको विरोधमा राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निष्कर्ष निकाल्यो।

'राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भई राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं', बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ।

पाँच दलको यो निर्णयले मुलुक पुनः आन्दोलनको संघारमा उभिएको प्रष्ट देखिन्छ। कानुनी लडाइँले जनजीवनमा खासै असर नपारे पनि अन्य खालका लडाइँमा कुनै न कुनै रुपमा आम जनता जोडिन्छन्। राजनीतिक दलहरुका त्यस्ता लडाइँ मूलतः सडक प्रदर्शनसँग सम्बन्धित हुने गरेको विगत छ। जसलाई संयुक्त बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पनि संकेत गरेका छन्। ‘अहिले यो कोरोनाको महामारीको बेलामा सबै शक्ति महामारीको विरुद्धमा उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपतिले षडयन्त्रमूलक ढंगले देशलाई दुर्घटनातिर लानुभएको छ। त्यसलाई नेपाली जनताले सहने छैनन्। जनताको तहबाट पनि स्थानीय तहबाट प्रतिवाद सुरु गरिनेछ, गर्नेछन्’, उनको भनाइ थियो।

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध संयुक्त रुपमा लड्ने पाँच दलको निर्णयशनिबार, जेठ ८, २०७८

त्यसका अतिरिक्त विभिन्न दल र तिनका नेताहरुले सार्वजनिक गरेका पार्टीगत र व्यक्तिगत धारणामा पनि आन्दोलन र प्रतिवादमा जोड दिइएको छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने दृढ प्रतिवद्धता व्यक्त गर्दछु’, कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

गत पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिएपछि मुलुकले दुई महिनाभन्दा बढी समय सशक्त रुपमा आन्दोलनका कार्यक्रमहरु ब्यहोर्‍यो। सत्तारुढ नेकपाका पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले सडकमै उत्रिएर प्रतिवाद गरे, अदालतमाथि दबाब बढाए। विपक्षीले सडक संघर्ष गर्नु त अनौठो भएन, सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली समेत ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा, २३ गते हेर्नुहोला काठमाडौंमा’ भन्दै सडकमै उत्रिएर भाषण गर्न थाले। उनले पनि पूर्वदेखि पश्चिमसम्मका आमसभामा सम्बोधन गर्न भ्याए।

राजनीतिक दलहरु मात्रै होइन, प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी निर्णयको रुपमा बुझ्ने धेरै पक्ष सडकमै उत्रिएर अनेक शैलीले संघर्षमा होमिए। त्यतिबेलै स्थापना भएको बृहत् नागरिक आन्दोलनले जनताको सरोकारका व्यापक विषयहरुलाई सँगसँगै उठायो। अनेक प्रत्यक्ष र सांकेतिक प्रदर्शनहरु गर्‍यो। जुन अद्यापि जारी छ। शनिबार पनि उसले विज्ञप्ति सार्वजनिक गरेर सशक्त आन्दोलनकै लागि आह्वान गरेको छ। ‘जनस्वास्थ्य, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् संविधानको रक्षार्थ नागरिक आन्दोलनले आह्वान गरेको निरन्तर संघर्षको औचित्य झनै पुष्टि भएको छ। यस तानाशाहीलाई र कुनै पनि तानाशाही प्रवृत्तिलाई परास्त गर्न सबै लोकतान्त्रिक दल, अधिकारकर्मी, पेशाकर्मी एवम् सचेत नागरिकलाई एकजुट भएर सशक्त जनआन्दोलन सिर्जना गर्न हामी आह्वान गर्दछौँ’, शनिबार जारी विज्ञप्तिमा भनिएको छ।

त्यसका अतिरिक्त राजनीतिक दलका भातृ र शुभेच्छुक संगठन, विभिन्न सामाजिक र राजनीतिक संगठनहरुले पनि वक्तव्यमार्फत धारणा सार्वजनिक गरेका छन्। सबैजसोले प्रतिनिधि सभा विघटन गर्ने कदमको विरोध गर्दे प्रतिवादमा जोड दिएका छन्।

अहिले कोरोना महामारी उच्च अवस्थामा पुगेको र त्यसैकारण निषेधाज्ञा पनि चलिरहेकाले सडक प्रदर्शन त्यति व्यवहारिक देखिँदैन। तर, त्यसको अवज्ञा गरेर वा नगरी रचनात्मक खालका आन्दोलन हुने संकेत भने देखिएको छ। परिस्थितिजन्य कारणले त्यो थप सशक्त हुँदै जाने पनि आकलन गर्न सकिन्छ।

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  २२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज र भोलि सर्वोच्च अदालत आंशिक रूपमा खुला
नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित)
सम्बन्धित सामग्री
नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसर पारेर आयोजित उक्त बैठकमा दुई देशबीचको समग्र सम्बन्ध... बिहीबार, जेठ १४, २०८३
काँग्रेस संसदीय दलको बैठक बस्दै संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा... बिहीबार, जेठ १४, २०८३
कानुन मन्त्री गौतम र इजरायली राजदूत बासबिच शिष्टाचार भेट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ वर्षमा प्रवेश गर्दै गर्दा दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा सुदृढ गर्न कान... बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
आज र भोलि सर्वोच्च अदालत आंशिक रूपमा खुला बिहीबार, जेठ १४, २०८३
नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न बिहीबार, जेठ १४, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
पाँचथरको च्याङथापूका २६ घर पहिरोको उच्च जोखिममा बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्