काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वको सर्वोच्च शिखर सगरमाथा मुलुकको एकता र गौरवको प्रतीक भएको बताएका छन्।
सगरमाथा आरोहण संघले शनिबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सगरमाथाले विश्वकै जनतालाई एकताबद्ध बनाउने काम गरेको बताए। उनले सगरमाथा आरोहीहरुले 8सेवा र मानव सेवाको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन अझै महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गरे।
दिवंगत सगरमाथा आरोहीहरुको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा अध्यक्ष दाहालसहित पत्नी सीता र खानेपानी तथा सरसफाइ मन्त्री एवं स्वर्गीय प्रकाश दाहालकी पत्नी बिना मगरको पनि उपस्थिति थियो।
प्रचण्डपुत्र प्रकाशले सगरमाथाको सफल आरोहण गरेको दिनको स्मरणमा आयोजना गरिएको रक्तदानमा उपस्थिति भएका अध्यक्ष दाहाल र सीता छोराको स्मरण गर्दै भावविह्वल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।