काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसद्हरुको भेलामा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङ र नेता वर्षमान पुनसमेत सहभागी भएका छन्।
सिंहदरबारस्थित लेखा समितिको हलमा जारी नेपालनिकट सांसदहरु भेलामा उनीहरु प्रवेश गरेकाहुन्।
भेलामा नेपालनिकट २० जना सांसद हलमा उपस्थित रहेको सांसद झपट रावलले बताए। उनका अनुसार छलफलमा भीम रावल लगायत सांसदहरु सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।