पोखरा– नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानले पोखरा लेखनाथ महानगरपालिकामा विभिन्न १० बुँदे माग पेश गरेको छ। अभियानले सार्वजनिक सम्पत्ति अतिक्रमण हटाउनुपर्ने देखि महानरका मुख्य चोकमा सार्वजनिक शौचालय बनाउनुपर्ने सम्मका माग अघि सारेको छ।
अभियानका यस्ता छन् १० बुँदे माग
१) सर्वोच्च अदालतले फेवातालमा देखिएको अतिक्रमण हटाउन आदेश दिँदासमेत किन हटाइएको छैन? शंका लागेको छ। सर्वोच्चको आदेश तत्काल कार्यान्वयन गर्नका लागि र बृहत् फेवाताल अभियान चलाउनका लागि हामी जोडदार माग गदर्छौं।
२) सार्वजानिक सम्पत्तिहरुको अतिक्रमण हटाइयोस्।
३) स्मार्ट सिटीमा जुलुस लगाउँदै हिँडेका छाडा चौपाया व्यवस्थापन गरी सडकमा सवारीसाधन मात्र गुड्ने वातावरण तयार पारियोस्।
४) युवा स्वरोजगार कार्यक्रम थालनी गरी युवालाई यहीँ गरिखाने वातावरणको सिर्जना गरियोस्।
५) सडकमा ऐना हेर्न मिल्ने गरी पानी जमेको खाल्टाहरु यथाशीघ्र मर्मत गरियोस्।
६) सुन्दर सहरको हाम्रो परिकल्पनालाई कुरुप बनाउने तारहरुलाई अन्डरग्राउन्ड व्यवस्थापन गरियोस्।
७) महानगरलाई बुझाउनुपर्ने रकमलाई अनलाइन भुक्तानी गर्ने प्रविधिको विकास गरियोस्।
८) महानगरलाई ग्रिन एन्ड क्लिन बनाउनका लागि विशेष अभियानको थालनी गरियोस्।
९) ट्राफिक व्यवस्थापनका लागि महेन्द्रपुल, पृथ्वीचोक लगायतका व्यस्त ठाउँमा आकाशे पुल निर्माण गरियोस्।
१०) पोखराका प्रत्येक चोकमा सार्वजनिक शौचालयको निर्माण गरी व्यवस्थित गरियोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।