• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गैरसांसद मन्त्री 'पदमुक्त' हुने आदेशमा सर्वोच्चको ठहर–  प्रधानमन्त्रीबाट धारा ७८ उल्लंघन

64x64
नेपाल लाइभ बिहीबार, जेठ ६, २०७८  १६:३०
1140x725

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानको धारा ७८ को उल्लंघन भएको ठहर गरेको छ। वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसांसद ७ जनालाई मन्त्रीमा नियुक्त गर्दा धारा ७८ को उल्लंघन भएको सर्वोच्चको ठहर छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बिहीबारको एकल इजलाशले यस्तो ठहर गरेको हो। अधिवक्ता कपिलदेव ढकाल र विराज थापाको रिट निवेदनमा आदेश जारी गर्दै राणाको इजलासले गैरसांसद ७ जना मन्त्रीलाई मन्त्रीको रुपमा काम–कारबाही गर्न रोक लगाउन भनेको छ। 

‘संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधि सभाको कार्यकालभर निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था रहेको देखिन्छ’, आदेशमा भनिएको छ, ‘उल्लेखित व्यवस्था हेर्दा, धारा ७८(१) बमोजिम नियुक्त मन्त्रीले सपथ खाएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनु पर्ने अवस्था देखिँदा निज प्रत्यर्थीहरुलाई पुनः दोस्रो पटक नियुक्ति गरिएको कार्य प्रारम्भिक रुपमा नै संविधानको धारा ७८ को उपधारा १,२,३ को व्यवस्था, संविधानको मूल मर्म र भावनाको विपरीत भएको देखिँदा यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यसरी प्रत्यर्थीहरुलाई मन्त्री बनाउन सिफारिस गरी नियुक्ति गरिएको र सपथग्रहण लगायतका कार्यहरु संविधान अनुकुल नरहेकोले मन्त्रीको हैसियतमा कुनै पनि काम कारबाही नगर्नु, गर्न नदिनू...।’  

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी भएपछि ७ मन्त्रीहरुको पद गुमेको छ। सर्वोच्चको यो आदेशपछि यी मन्त्रीहरुले उक्त जिम्मेबारीका आधारमा कुनै पनि काम गर्न पाउने छैनन्।

सर्वोच्चको यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणी थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले मन्त्रीको रुपमा काम गर्न नपाउने भएका छन्। 

७ जनामध्ये गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र अन्य ४ जना रायमाझी, भट्ट, साह र चौधरी प्रतिनिधि सभा सदस्य थिए। यस्तै, खानेपानी मन्त्री थापा र खेलकुद मन्त्री तामाङ भने संघीय संसदको सदस्य नभएकै अवस्थामा संविधानको धारा ७८ अनुसार गत पुस १० गते मन्त्री नियुक्त भएका थिए।    

Ncell 2
Ncell 2

पछि २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया विघटन गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साबिककै दलको रुपमा रहने फैसला सुनाएपछि मन्त्री भएका सातै जना माओवादी केन्द्र परित्याग गरी एमालेमा गएका थिए। 

एमालेमा गएका मन्त्रीमध्ये संघीय सांसद रहेका ५ जनालाई माओवादीले सांसद पदबाट हटाउने गरी कारबाही गरेको थियो। माओवादीले संघीय संसदबाट हटाएपछि प्रधानमन्त्री ओलीले उनीहरुलाई संविधानकै धारा ७८ अनुसार (६ महिनाका लागि) पुन: मन्त्रीमा नियुक्त गरेका थिए। 

रायमाझी, भट्ट, साह र चौधरीले चैत २७ गते पुनः शपथ लिएका थिए भने गृहमन्त्री थापाले वैशाख ५ गते शपथ लिएका थिए। पहिल्यै सांसद नरहेका थापा र तामाङले भने पुस १० गते शपथ लिएपछि फेरि लिनु परेको थिएन। थापा र तामाङको ६ महिनाको अवधि जेठ १० गते पुग्ने थियो।

यसबीचमा वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री ओली आफैं पदमुक्त भएका थिए। प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गतेसम्म बहुमतका आधारमा प्रधानमन्त्रीको दाबीदारी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन्। 

दलहरुले बहुमत जुटाउन नसक्दा संविधानको धारा ७६ को उपधारा (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको नेताको रुपमा ओली नै पुन: प्रधानमन्त्री नियुक्त भएका थिए। वैशाख ३० गते पुन: प्रधानमन्त्रीको नियुक्ति पाएका ओलीले वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि आफ्नो मन्त्रीपरिषद्‌का पुरानै मन्त्रीहरुलाई पुन: मन्त्रीका रुपमा शपथ ग्रहण गराएका थिए। 

पुन: शपथ ग्रहण गरेकामध्ये ७ जना गैरसांसद मन्त्रीको नियुक्तिको भने विरोध भएको थियो। प्रतिनिधि सभाको एउटै कार्यकालमा गैरसांसद व्यक्तिलाई दोस्रो पटक मन्त्री नियुक्त गरिएको भन्दै आइतबार नै सर्वोच्च अदालतमा रिट दायर भएको थियो। तर, उक्त रिटमा अन्तरिम आदेशको माग नभएको भन्दै प्रधानन्यायाधीश राणाको मंगलबारको इजलासले सरकारका नाममा कारण देखाउ आदेश मात्रै जारी गरेको थियो। 

अधिवक्ता ढकालले बुधबार दायर गरेको रिटमाथि सुनुवाइका लागि बिहीबार आफ्नै इजलासमा पेसी तोकेका राणाले अन्तत: रिटमा गरिएको मागदाबी अनुसार नै गैरसांसद मन्त्रीहरुलाई कामकारबाही नगर्नु, नगराउनू भन्ने अन्तरिम आदेश जारी गरेका छन्। 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत विचार(विमर्श हुने र केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ। बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ। बिहीबार, माघ १५, २०८२
काँग्रेसले मात्रै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विश्वप्रकाश शर्माको दाबी रामेछापमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् । बिहीबार, माघ १५, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्