काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको उनको उपचार भइरहेको छ ।
रुघा, खोकी, ज्वरोसँगै सास फेर्न समस्या देखिएपछि अस्पताल भर्ना भएका उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको क्याबिनमा राखिएको छ । तर, उनको उपचारमा भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन् ।
अस्पताल भर्ना भएका नेता नेपाललाई भेट्न बिहीबार बिहान नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । उनले चिकित्सकसँग नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।