काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) १७.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो ।
धबार ५ अंकले बढेको नेप्से सूचक बिहीबार १७ अंक घटेको छ । तर, कारोबार रकममा भने बुधबारको तुलनामा सुधार आएको छ ।
बिहीबार कारोबार सुरु हुँदा २७३१.५९ अंकमा रहेको नेप्से १७.५३ अंक घटेर २७१४.०५ बिन्दुमा झरेको छ । बिहीबार नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंक घटेको छ । यस दिन नेप्सेमा कारोबार भएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७० को घटेको छ ।
आज कारोबार भएका कुल कम्पनीमध्ये १७० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ वटा कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बजार घटे पनि केही जलविद्युत कम्पनीहरूको शेयर मूल्यमा भने उत्साहजनक वृद्धि देखिएको छ । हिमालयन दोलखा हाइड्रोपावरको शेयर मूल्य ९.२३ प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोपावरको ९.१९ प्रतिशतले बढेको छ । यस्तै कालिका पावरको मूल्य ८.३२ प्रतिशतले वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
समूहगत रुपमा आज सबैभन्दा धेरै विकास बैंक परिसूचक २.२३ प्रतिशत र म्यानुफ्याक्चरिङ क्षेत्रको २.१२ प्रतिशत मूल्य घटेको छ । हाइड्रो, इन्भेष्टमेन्ट र म्युचुअल फण्डका सूचक घटेका छन् ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यसैगरी एसवाई प्यानलको ५२ करोड २९ लाख र अपर माई हाइड्रोपावर ४६ करोड ६४ लाख रुपैयाँको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।