काठमाडौं– भारतमा उपचार गराइरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उपचार अझै केही दिन जारी रहने पनि जानकारी दिइएको छ।
भारतस्थित नेपाली दुतावासद्वारा जारी प्रेस बिज्ञप्तीअनुसार घिमिरको हाइकेयर युनिटमा उपचार भइरहेको छ।
इन्डोसकोपी, कोलोस्नोकोपी, क्याप्सुल इन्डोसकोपी प्रयोग गरी उनको उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकद्वय डा.नरेश त्रैहान र डा रणधिर सुदले जनाएका छन्।
घिमिरेलाई बुधबार हरियाना राज्यको गुडगावँस्थित मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो। शरिरमा आन्तरीक रक्तश्राव भएपछि उनलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकको सुझावमा उनलाई हरियाना लगिएको हो।
आफुहरुले घिमिरेको उपचारका लागि सहयोग गरिरहेको दुतावासले जनाएको छ। घिमिरेको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।