काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख ब्यक्त गरेका छन्।
सभापति देउवाले आज शोक वक्तव्यर्फत मल्लको निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्वसदस्यसमेत थिए।
मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताए। सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत मल्लको सक्रिय योगदान थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।