काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले ८ प्रहरीलाई ‘काठमाडौं पुलिस अवार्ड’ प्रदान गरेको छ। बैशाख महिनामा उत्कृष्ट ठहरिएका जवानदेखि डिएसपीसम्मका शुक्रबार पुरस्कार दिइएको छ।
इन्सपेक्टर र डिएसपीको पुरस्कार २÷२ जनालाई संयुक्त रुपमा दिइएको छ। पुरस्कार पाउने डिएसपीमा महानगरीय प्रहरी वृत्त गौशलाका अनुपम श्रेष्ठ र कालिमाटीका प्रदिप कुमार क्षत्री छन्। उनीहरुले २५ २५ हजार रुपैयाँ पाएका छन्।
त्यसैगरी इन्सपेक्टरको पुरस्कार पनि इन्सपेक्टर शर्मिला गुरुङ र पुस्कर बोगटीलाई १७ हजार ५ सयका दरले संयुक्त रप्मा पुरस्कार दिइएको छ। गुरुङ महानगरीय प्रहरी प्रभाग बलम्बु तथा बोगटी नगर प्रहरीका कार्यरत छन्।
त्यस्तै महाराजगञ्ज वृत्तका सइ टेकबहादुर कुँवर, बालाजु वृत्तका असई शिव कट्टेल, बलम्बु प्रभागका हवल्दार बिक्रम लामा र परिसरका जवान अर्जुन सेठीलाई उत्कृष्ट प्रहरीको पुरस्कार दिइएको छ।
सईलाई २५ हजार, असइलाई २० हजार, हवल्दारलाई १५ हजार तथा जवानलाई १० हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको छ। नेपाल बंगलादेश बैंकसँगको सहकार्यमा सो अवार्ड स्थापना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।