• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काभ्रेमा कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने

64x64
नेपाल लाइभ बुधबार, जेठ ५, २०७८  १०:३८
1140x725

काभ्रेपलाञ्चोक– कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ। काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले केही दिनभित्रै जिल्लामा शव व्यवस्थापन गरिने निर्णयसमेत गरेको छ।

हाल स्थानीय तहबाट पहिचान भइआएको छ स्थानमा शव व्यवस्थापन गर्न सकिने जनाइएको छ। “छ स्थानमा शव व्यवस्थापन गर्न सकिने भन्दै स्थानीय तहले स्थान पहिचान गरी पठाएका छन्, सोहीअनुसार हाल कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न सकिन्छ”, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने। उनका अनुसार केन्द्रद्वारा स्थानीय तहलाई कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन स्थल पहिचान गरी पठाउन आग्रह गरेअनुसार सदरमुकामभन्दा टाढाका स्थानीय तहले मात्रै स्थान पहिचान गरी पठाएका छन्।

स्थानीय तहले पहिचान गरी पठाएअनुसार पाँचखाल नगरका लागि सीमाक्षेत्र भुम्लु गाउँपालिकाबीचमा अवस्थित दोलालघाट बगर क्षेत्र, मण्डनदेउपुर नगरका लागि स्थानीय मशानेघाट क्षेत्र, लट्ठघारी वन क्षेत्र र बाँसखर्कलगायत वन क्षेत्र, चौँरी देउराली गाउँपालिकामा चिहानडाँडा, गोठपानीलगायत आठ स्थान, भुम्लु गाउँपालिकाका लागि सुनकोशी र इन्द्रावती नदीको दोभान, खानीखोला गाउँपालिकाका लागि वाग्मती घाट, रोशी गाउँपालिकाका लागि भ्याकुरे खोला र रोशी खोलीस्थित त्रिवेणीघाट पहिचान गरिएको केन्द्रले जनायो।

पहिचान भएका स्थानमध्ये सदरमुकाम नजिकका स्थानमा केही तीन दिनपछि शव व्यवस्थापन थालिने प्रजिअ पोखरेलले जानकारी दिए। 

काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन्। सदरमुकाम अवस्थित धुलिखेल नगर, नजिकका पनौती र बनेपाले शव व्यवस्थापनबारे चासो दिएका छैनन्। केन्द्रले सुरक्षाका हिसाबले सदरमुकाम नजिक सुरक्षित स्थानमा शव व्यवस्थापन गर्न चाहेको तर स्थानीय जनप्रतिनिधि यसबारे गम्भीर नभएको जनाइएको छ। “सदरमुकाम नजिक स्थानीय तहका प्रमुखले सोच्छौँ भन्नुभयो”, पोखरेलले भने। उनका अनुसार कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि धुलिखेलस्थित कालीजङ्ग गणका नेपाली सेनाद्वारा काठमाडौँको पशुपतिस्थित शवदाह गृह लैजाने गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रले दुई हप्ताअघि कोभिड–१९ को दोस्रो लहरबाट काभ्रेपलाञ्चोकमा दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित वाग्मती प्रदेशस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा शववाहन मागेको थियो। कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन हालसम्म नेपाली सेनाले आफ्नै व्यवस्थापनमा गर्नेगरेको र काभ्रेपलाञ्चोकमा निजीस्तर, सरकारी र स्थानीय तहमा शववाहन नभएको हुँदा प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरसँग शववाहन माग्ने निर्णय गरेको थियो।

“दैनिक दुईभन्दा माथिको सङ्ख्यामा मृत्यु हुन थालेपछि जिल्लामा शववाहन नहुँदा प्रदेशमा मागेका हौँ, अब आउने भएको छ”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने। उनका अनुसार केन्द्र मातहत रहनेगरी हाललाई एक थान शववाहन मागिएको हो। 

पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोक तथा अन्य जिल्लाको समेत गरी सरदर दैनिक चार नागरिकको मृत्यु हने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ। दैनिक डेढ सयभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन्। जिल्लामा पछिल्लो २४ घण्टामा १३७, अघिल्लो दिन १७८, तथा आइतबार १९८ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। दैनिक ५० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल एक हजार ९३८ सक्रिय सङ्क्रमित रहेका छन्। जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा ३४ दशमलव ४६ प्रतिशत अर्थात् ६६८ सङ्क्रमित छन्। सङ्क्रमितमध्ये धुलिखेलमा ४४३, पनौतीमा ३७७, पाँचखालमा १०६, नमोबुद्धमा ७४, मण्डनदेउपुरमा १०९ तथा रोशी गाउँपालिकामा २५, चौँरीदेउरालीमा २५, तेमालमा ३१, भुम्लुमा २९, खानीखोलामा २३, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा १६ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो।  

कुल सङ्क्रमितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार ८३२ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ८८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना प्रथम महिला सविता पौडेलसहित राष्ट्रपतिले परम्पराअनुसार ९ जना कन्याको पूजार्चना गरेका हुन् । मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगा... मंगलबार, कात्तिक ३, २०८३
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्