तस्वीर गणेश गाैलीकाे फेसबुकबाट
काठमाडौं– लमजुङको भुलभुले केन्द्र बनाएर बिहान गएको भूकम्पपछि थप दुई परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
विहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडका दुई परकम्प मापन गरिएको केन्द्रको वेवसाइटमा उल्लेख छ।
आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालका अधिकांश भूभागमा महसुस गरिएको थियो।
पछिल्लो विवरण अनुसार भूकम्पले १२ वट घरमा क्षति पुर्याएको र ४ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।