काठमाडौं– काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ।
लमजुङ आसपासमा केन्द्रबिन्दु भएर बिहान ५ बजेर ४२ मिनेटमा भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार ५.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महसुस भएको थियो।
भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो।
भूकम्पबाट भएको क्षति लगायतको थप विवरण आउँन बाँकी रहेको केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।