• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

आसन्‍न बजेट: संविधानकै अवज्ञा हुने हो कि !

रामेश्वर खनाल मंगलबार, जेठ ४, २०७८  २२:३९
1140x725
रामेश्वर खनाल, पूर्व अर्थसचिव

नेपालको संविधान, २०७२ को धारा ११९ (३) ले भन्छ, नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्‍मा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पेस गर्नेछ। यो मिति अनिवार्य हो। यो मितिमा बजेट प्रस्तुत हुन संसद्‍को बजेट अधिवेशन कम्तीमा तीन हप्ताअघि बोलाइएको हुनुपर्छ। सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्ने, त्यसमा छलफल गर्ने र धन्यवाद प्रस्ताव पास गर्ने काम द्रूतगतिमा गरे पनि पाँच-छ दिन लाग्न सक्छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन (दफा ११) ले बजेट पेस गर्नुभन्दा कम्तीमा १५ दिन अगावै अर्थमन्त्रीले बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसद्‍मा प्रस्तुत गर्नुपर्छ भन्छ। कम्तीमा १५ दिन अगावैको तात्पर्य वैशाख मसान्त, अर्थात् यो वर्षको लागि वैशाख ३१ गते बुझ्नुपर्ने हो। बलमिच्याइँ गरेर जेठ १ गते बुझे पनि, यो मिति गुज्रिसक्यो।

संविधानमा चार किसिमका बजेट कानुनको परिकल्पना गरिएको छ:
(क) विनियोजन ऐन (धारा १२०): खर्चका स्रोत र रकमहरू स्पष्ट उल्लेख गरिएको यो पूर्ण बजेटको कानुन हो। प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्‍मा प्रस्तुत गर्ने भनिएको यही कानुन हो।

(ख) पुरक अनुमान ऐन (धारा (१२१): यससम्बन्धी पुरक विनियोजन विधेयक संघीय संसद्‍मा आर्थिक वर्षको जुनसुकै बेला पनि प्रस्तुत गर्न सकिन्छ, तर दुईवटा शर्तअन्तर्गत मात्र:

(१) सम्बन्धित आर्थिक वर्षको विनियोजन ऐनले अधिकार दिएकोभन्दा नयाँ काममा खर्च गर्नुपर्ने अवस्था आएमा, वा
(२) सम्बन्धित वर्षको विनियोजन ऐनले अधिकार त दिएको, तर प्रबन्ध गरिएको रकमले नपुग्ने भएर थप रकम आवश्यक परेमा।

यसको तात्पर्य पुरक अनुमान ऐन स्वतन्त्र ऐन होइन। यो ऐन ल्याउन सम्बन्धित आर्थिक वर्षको लागि स्वीकृत बिनियोजन ऐन हुनुपर्छ। त्यो ऐनबमोजिम काम गर्दै गएको हुनुपर्छ, केही महिना बितेको हुनुपर्छ, र नयाँ काम परेको वा भएकै काममा स्वीकृत विनियोजन ऐनको रकम सीमा नाघ्न जाने तथ्य स्थापित हुनुपर्छ।

(ग) पेस्की खर्च ऐन (धारा १२२): धारा १२० बमोजिम संघीय संसद्‍मा प्रस्तुत भएको विनियोजन विधेयक पारित नभइसकेको, तर आर्थिक वर्ष प्रारम्भ हुन लागेको अवस्थामा अत्यावश्यक खर्च गर्न अवरोध नआओस्, सरकारले दिने सार्वजनिक सेवा नारोकियोस् भनेर साउन १ गतेभन्दा एक/दुई दिनअघि यस्तो विधेयक पेस गर्न सकिन्छ। साधारणतया विगतमा यस्तो विधेयक संसद्ले असार मसान्तसम्ममा स्वीकृत गरेको थियो। यसर्थ पेस्की खर्च ऐन स्वतन्त्र कानुन होइन। विनियोजन विधेयक प्रस्तुत गरेको संसद्‍मा विचाराधीन रहेको अवस्थामा मात्र पेस्की खर्च विधेयक पेस गर्न सकिन्छ। बितेका दुई वर्षमा संघीय संसद्ले असारअघि नै विनियोजन विधेयक स्वीकृत गरेकाले पेस्की खर्च विधेयक प्रस्तुत गर्न परेन।

पेस्की खर्च ऐन र अन्तरिम बजेट समान होइनन्। पेस्की खर्च विधेयकसँगै वित्तका स्रोत र त्यसको अनुमान पेस गरिँदैन।

Ncell 2
Ncell 2

संघीय संसद् रहेसम्म राज्यकोषमा रकम जम्मा गर्ने र खर्च गर्ने अधिकार लिन अध्यादेशको प्रयोग लोकतन्त्रको मूल मर्मको बर्खिलाफ हो। यो क्षम्य होइन। यो संविधानको घोर उल्लंघन हो!

अन्तर्राष्ट्रिय प्रचलनबमोजिम अन्तरिम बजेटमा राजस्व र खर्चको अनुमान पूर्ण बजेट जसरी नै प्रस्तुत गरिन्छ। नयाँ योजना, कार्यक्रम प्रस्ताव नगरीकन, गरिरहेका कामलाई निरन्तरता दिने गरी कामचलाउ सरकारले पेस गर्ने बजेटलाई अन्तरिम बजेट भनेर बुझिन्छ। यो पूरै वर्षको लागि हुनसक्छ वा अर्को निर्वाचित सरकार बनेर पूर्ण बजेट ल्याउने समयसम्मको लागि हुनसक्छ। नेपालको वर्तमान संविधानले अन्तरिम बजेटको प्रवन्ध गरेको छैन।

अर्थात्, संविधान निर्माताले स्थायी सरकार बन्‍ने परिकल्पना गरे। राजनीतिक खिचातानीले बजेट प्रस्तुत गर्न विगतमा जस्तो खिचलो हुँदैन भनेर सोचे। आर्थिक वर्ष २०६६/६७ को बजेट प्रस्तुत गर्न पोडियमतिर हिँडेका अर्थमन्त्रीको हातबाट ब्रिफकेस खोसेर फोरेको, बजेट कागजात च्यात्चुत पारेको जस्तो घटना इतिहासको एक कालखण्डमा घटेको बिर्सनलायक घटना ठाने। तर अहिले मुलुक संविधान निर्माताले परिकल्पना गरेभन्दा भिन्‍न स्थितिमा पुगेको छ।

(घ) उधारो खर्च ऐन (धारा १२३): प्राकृतिक कारण वा बाह्य आक्रमणको आशंका वा अन्तरिक विघ्न वा अन्य कारणले संकटको अवस्था परी धारा ११९ को उपधारा (१) अन्तर्गत चाहिने विवरण (अर्थात्, राजस्वको अनुमान) खुलाउन अव्यावहारिक वा राज्यको सुरक्षा वा हितका दृष्टिले अवान्छनीय देखिएमा व्ययको विवरण मात्र भएको उधारो खर्च विधेयक प्रतिनिधिसभामा पेस गर्न सकिन्छ। यो बजेट संसद्को संयुक्त बैठकमा पेस गर्न पर्दैन।

यस्तो बजेट सरकारले जहिले पनि पेस गर्न सक्छ, जेठ १५ गते नै हुनु पर्छ भन्‍ने छैन। तर आम्दानीको स्रोत खुलाउन नसकिने विशिष्ट अवस्था हुनुपर्‍यो। नेपालमा विगतमा यस्तो अवस्था कहिल्यै आएको थिएन। र, अहिले पनि यस्तो अवस्था छैन।

आज जेठ ४ गते। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन त मिचिइसक्यो। अब आगामी आर्थिक वर्षको बजेटका लागि जेठ १५ गतेको १५ दिन अगावै सिद्धान्त र प्राथमिकता संघीय संसद्‍मा पेस हुन सक्दैन।

संघीय संसद्‍को बजेट अधिवेशन यतिखेरसम्म बोलाइएको छैन। संविधानबमोजिम बजेट प्रस्तुत गर्न ११ दिन बाँकी छ। ऐनको त उल्लंघन भइसक्यो। संविधानको उल्लंघन गर्नबाट बचाउन ११ दिन छ।

संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामाबाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नसक्ने प्रावधान त संविधानमा छ। तर, बोलाउनुपर्ने अधिवेशन नबोलाएर सुविधाका लागि अध्यादेश जारी गर्न संविधानले अधिकार दिएको होइन।

संघीय संसद् रहेसम्म राज्यकोषमा रकम जम्मा गर्ने र खर्च गर्ने अधिकार लिन अध्यादेशको प्रयोग लोकतन्त्रको मूल मर्मको बर्खिलाफ हो। यो क्षम्य होइन। यो संविधानको घोर उल्लंघन हो!

यसपालि स्थिति यत्ति मात्र बिग्रेको होइन!

प्रधानमन्त्रीले संविधानको धारा ७६ (४) बमोजिम प्रतिनिधिसभाको विश्वासको मत पाउन बाँकी छ। प्रतिनिधिसभाको विश्वासको मत नपाइसकेको प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकारका अर्थमन्त्रीले पूर्ण बजेट ल्याउन पाउने छैन भनेर संविधानमा कतै उल्लेख गरिएको छैन। तर उल्लेख गरिएको छैन भनेर पूर्ण बजेट पेस गर्न कदाचित सरकार अग्रसर भयो भने स्थिति मुठभेडमा जान सक्छ। कामचलाउ सरकारले राज्यका स्रोत र त्यसको उपयोगको बारेमा दीर्घकालीन प्रभाव पार्ने काम गर्न थाल्यो भने विरोध स्वाभाविक हो।

तसर्थ, कानुनको उल्लंघन भइसकेको भए पनि बजेटका सम्बन्धमा संवैधानिक प्रावधानको उल्लंघन हुन नदिन बजेट अधिवेशन डाकेर पहिला विश्वासको मत लिन उपयुक्त हुन्छ। त्यसपछि पूर्ण बजेट ल्याउने बाटो खुल्न सक्छ।

यसपालि पनि केही निकास त निकाल्न पर्ला सरकारले। कानुनको त अवज्ञा भइसक्यो। संविधानको फेरि अवज्ञा हुने हो कि भन्‍ने जोखिम छँदै छ!

यदि प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएन भने पूर्ण बजेट ल्याउनु उपयुक्त होइन। हाम्रो संविधानले यस्तो अवस्थामा कस्तो बजेट प्रस्तुत गर्नुपर्छ भनेर कुनै संकेत गरेको छैन।

अरू मुलुकहरूमा चुनावी सरकार भएको बेला वा विश्वासको मत पाउन नसकेको सरकार भएको बेला सरकारका काम र सेवालाई निरन्तरता दिन अन्तरिम बजेट प्रस्तुत गर्ने चलन छ। नेपालमा पनि एकपटक यसको अभ्यास भएको हो।

पहिलो संविधानसभाको निर्वाचनपछि नयाँ सरकार बन्‍न समय लाग्यो। असारको २५ गतेसम्म पनि सरकार बन्‍न सकेन। अर्को आर्थिक वर्ष सुरू हुन छ दिनमात्र बाँकी थियो। व्यवस्थापिका-संसद्‍को रुपमा काम गरेको संविधानसभाले कि त पूर्ण बजेट पेस गर्न समय दिनुपर्थ्यो कि कुनै निकास दिनुपर्थ्यो। त्यसबेला केही प्रभुत्वशाली सांसद तत्कालीन सरकारलाई कुनै हालतमा बजेट पेस गर्न नदिने अडानमा थिए। बिनाबजेट सरकार चल्न सक्दैन भन्‍ने तर्कले काम गरेको थिएन। अर्थ मन्त्रालयको जोरजुलुम मान्दैनौं, नयाँ सरकार बनेपछि मात्र बजेट आउँछ भनेर तर्क दिने केही सांसदको बन्दी बनेको थियो पुरै संसद्।

असार मसान्तको राति १२ बजेपछि आर्थिक ऐनबमोजिम लगाइएका सबै कर छुट हुने छन् भन्‍ने कुरा पनि बुझाउन सकिएको थिएन।

कैदीले सिदा पाउनसक्ने छैनन् भनियो। सरकारी अस्पतालमा भर्ना भएका बिरामीको सिदा रोकिने छ भनियो। अस्पतालमा उपचार बन्द हुने छ भनियो। कुन तर्कले काम गर्‍यो कुन्‍नी, चट्टानी अडान लिएका सांसद पूरा बजेट होइन बरू संविधान संशोधन गरेर चालु वर्षको कूल खर्चको एकतिहाइ बराबरको रकम खर्च गर्न र चालु आर्थिक ऐनबमोजिम नै कर उठाउने अधिकार दिने अन्तरिम बजेट ल्याउन दिन सहमत हुनुभयो।

२०६५ साल असार २९ गते अन्तरिम संविधानमा त्यही अन्तरिम बजेट ल्याउने अधिकार दिन पाँचौं संशोधन संविधानसभाले पास गर्यो। बजेट ल्याउनकै लागि मात्र संविधान संशोधन गरिएको घटना विश्वमै दुर्लभ हो, जुन नेपालमा भयो। 

यसपालि पनि केही निकास त निकाल्न पर्ला सरकारले। कानुनको त अवज्ञा भइसक्यो। संविधानको फेरि अवज्ञा हुने हो कि भन्‍ने जोखिम छँदै छ!

(पूर्व अर्थसचिव खनालको फेसबुक पेजबाट साभार)

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  २२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित)
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्