• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

आसन्‍न बजेट: संविधानकै अवज्ञा हुने हो कि !

रामेश्वर खनाल मंगलबार, जेठ ४, २०७८  २२:३९
1140x725
रामेश्वर खनाल, पूर्व अर्थसचिव

नेपालको संविधान, २०७२ को धारा ११९ (३) ले भन्छ, नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्‍मा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पेस गर्नेछ। यो मिति अनिवार्य हो। यो मितिमा बजेट प्रस्तुत हुन संसद्‍को बजेट अधिवेशन कम्तीमा तीन हप्ताअघि बोलाइएको हुनुपर्छ। सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्ने, त्यसमा छलफल गर्ने र धन्यवाद प्रस्ताव पास गर्ने काम द्रूतगतिमा गरे पनि पाँच-छ दिन लाग्न सक्छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन (दफा ११) ले बजेट पेस गर्नुभन्दा कम्तीमा १५ दिन अगावै अर्थमन्त्रीले बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसद्‍मा प्रस्तुत गर्नुपर्छ भन्छ। कम्तीमा १५ दिन अगावैको तात्पर्य वैशाख मसान्त, अर्थात् यो वर्षको लागि वैशाख ३१ गते बुझ्नुपर्ने हो। बलमिच्याइँ गरेर जेठ १ गते बुझे पनि, यो मिति गुज्रिसक्यो।

संविधानमा चार किसिमका बजेट कानुनको परिकल्पना गरिएको छ:
(क) विनियोजन ऐन (धारा १२०): खर्चका स्रोत र रकमहरू स्पष्ट उल्लेख गरिएको यो पूर्ण बजेटको कानुन हो। प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्‍मा प्रस्तुत गर्ने भनिएको यही कानुन हो।

(ख) पुरक अनुमान ऐन (धारा (१२१): यससम्बन्धी पुरक विनियोजन विधेयक संघीय संसद्‍मा आर्थिक वर्षको जुनसुकै बेला पनि प्रस्तुत गर्न सकिन्छ, तर दुईवटा शर्तअन्तर्गत मात्र:

(१) सम्बन्धित आर्थिक वर्षको विनियोजन ऐनले अधिकार दिएकोभन्दा नयाँ काममा खर्च गर्नुपर्ने अवस्था आएमा, वा
(२) सम्बन्धित वर्षको विनियोजन ऐनले अधिकार त दिएको, तर प्रबन्ध गरिएको रकमले नपुग्ने भएर थप रकम आवश्यक परेमा।

यसको तात्पर्य पुरक अनुमान ऐन स्वतन्त्र ऐन होइन। यो ऐन ल्याउन सम्बन्धित आर्थिक वर्षको लागि स्वीकृत बिनियोजन ऐन हुनुपर्छ। त्यो ऐनबमोजिम काम गर्दै गएको हुनुपर्छ, केही महिना बितेको हुनुपर्छ, र नयाँ काम परेको वा भएकै काममा स्वीकृत विनियोजन ऐनको रकम सीमा नाघ्न जाने तथ्य स्थापित हुनुपर्छ।

(ग) पेस्की खर्च ऐन (धारा १२२): धारा १२० बमोजिम संघीय संसद्‍मा प्रस्तुत भएको विनियोजन विधेयक पारित नभइसकेको, तर आर्थिक वर्ष प्रारम्भ हुन लागेको अवस्थामा अत्यावश्यक खर्च गर्न अवरोध नआओस्, सरकारले दिने सार्वजनिक सेवा नारोकियोस् भनेर साउन १ गतेभन्दा एक/दुई दिनअघि यस्तो विधेयक पेस गर्न सकिन्छ। साधारणतया विगतमा यस्तो विधेयक संसद्ले असार मसान्तसम्ममा स्वीकृत गरेको थियो। यसर्थ पेस्की खर्च ऐन स्वतन्त्र कानुन होइन। विनियोजन विधेयक प्रस्तुत गरेको संसद्‍मा विचाराधीन रहेको अवस्थामा मात्र पेस्की खर्च विधेयक पेस गर्न सकिन्छ। बितेका दुई वर्षमा संघीय संसद्ले असारअघि नै विनियोजन विधेयक स्वीकृत गरेकाले पेस्की खर्च विधेयक प्रस्तुत गर्न परेन।

पेस्की खर्च ऐन र अन्तरिम बजेट समान होइनन्। पेस्की खर्च विधेयकसँगै वित्तका स्रोत र त्यसको अनुमान पेस गरिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

संघीय संसद् रहेसम्म राज्यकोषमा रकम जम्मा गर्ने र खर्च गर्ने अधिकार लिन अध्यादेशको प्रयोग लोकतन्त्रको मूल मर्मको बर्खिलाफ हो। यो क्षम्य होइन। यो संविधानको घोर उल्लंघन हो!

अन्तर्राष्ट्रिय प्रचलनबमोजिम अन्तरिम बजेटमा राजस्व र खर्चको अनुमान पूर्ण बजेट जसरी नै प्रस्तुत गरिन्छ। नयाँ योजना, कार्यक्रम प्रस्ताव नगरीकन, गरिरहेका कामलाई निरन्तरता दिने गरी कामचलाउ सरकारले पेस गर्ने बजेटलाई अन्तरिम बजेट भनेर बुझिन्छ। यो पूरै वर्षको लागि हुनसक्छ वा अर्को निर्वाचित सरकार बनेर पूर्ण बजेट ल्याउने समयसम्मको लागि हुनसक्छ। नेपालको वर्तमान संविधानले अन्तरिम बजेटको प्रवन्ध गरेको छैन।

अर्थात्, संविधान निर्माताले स्थायी सरकार बन्‍ने परिकल्पना गरे। राजनीतिक खिचातानीले बजेट प्रस्तुत गर्न विगतमा जस्तो खिचलो हुँदैन भनेर सोचे। आर्थिक वर्ष २०६६/६७ को बजेट प्रस्तुत गर्न पोडियमतिर हिँडेका अर्थमन्त्रीको हातबाट ब्रिफकेस खोसेर फोरेको, बजेट कागजात च्यात्चुत पारेको जस्तो घटना इतिहासको एक कालखण्डमा घटेको बिर्सनलायक घटना ठाने। तर अहिले मुलुक संविधान निर्माताले परिकल्पना गरेभन्दा भिन्‍न स्थितिमा पुगेको छ।

(घ) उधारो खर्च ऐन (धारा १२३): प्राकृतिक कारण वा बाह्य आक्रमणको आशंका वा अन्तरिक विघ्न वा अन्य कारणले संकटको अवस्था परी धारा ११९ को उपधारा (१) अन्तर्गत चाहिने विवरण (अर्थात्, राजस्वको अनुमान) खुलाउन अव्यावहारिक वा राज्यको सुरक्षा वा हितका दृष्टिले अवान्छनीय देखिएमा व्ययको विवरण मात्र भएको उधारो खर्च विधेयक प्रतिनिधिसभामा पेस गर्न सकिन्छ। यो बजेट संसद्को संयुक्त बैठकमा पेस गर्न पर्दैन।

Xtrem

Xtrem

यस्तो बजेट सरकारले जहिले पनि पेस गर्न सक्छ, जेठ १५ गते नै हुनु पर्छ भन्‍ने छैन। तर आम्दानीको स्रोत खुलाउन नसकिने विशिष्ट अवस्था हुनुपर्‍यो। नेपालमा विगतमा यस्तो अवस्था कहिल्यै आएको थिएन। र, अहिले पनि यस्तो अवस्था छैन।

आज जेठ ४ गते। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन त मिचिइसक्यो। अब आगामी आर्थिक वर्षको बजेटका लागि जेठ १५ गतेको १५ दिन अगावै सिद्धान्त र प्राथमिकता संघीय संसद्‍मा पेस हुन सक्दैन।

संघीय संसद्‍को बजेट अधिवेशन यतिखेरसम्म बोलाइएको छैन। संविधानबमोजिम बजेट प्रस्तुत गर्न ११ दिन बाँकी छ। ऐनको त उल्लंघन भइसक्यो। संविधानको उल्लंघन गर्नबाट बचाउन ११ दिन छ।

संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामाबाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नसक्ने प्रावधान त संविधानमा छ। तर, बोलाउनुपर्ने अधिवेशन नबोलाएर सुविधाका लागि अध्यादेश जारी गर्न संविधानले अधिकार दिएको होइन।

संघीय संसद् रहेसम्म राज्यकोषमा रकम जम्मा गर्ने र खर्च गर्ने अधिकार लिन अध्यादेशको प्रयोग लोकतन्त्रको मूल मर्मको बर्खिलाफ हो। यो क्षम्य होइन। यो संविधानको घोर उल्लंघन हो!

यसपालि स्थिति यत्ति मात्र बिग्रेको होइन!

प्रधानमन्त्रीले संविधानको धारा ७६ (४) बमोजिम प्रतिनिधिसभाको विश्वासको मत पाउन बाँकी छ। प्रतिनिधिसभाको विश्वासको मत नपाइसकेको प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकारका अर्थमन्त्रीले पूर्ण बजेट ल्याउन पाउने छैन भनेर संविधानमा कतै उल्लेख गरिएको छैन। तर उल्लेख गरिएको छैन भनेर पूर्ण बजेट पेस गर्न कदाचित सरकार अग्रसर भयो भने स्थिति मुठभेडमा जान सक्छ। कामचलाउ सरकारले राज्यका स्रोत र त्यसको उपयोगको बारेमा दीर्घकालीन प्रभाव पार्ने काम गर्न थाल्यो भने विरोध स्वाभाविक हो।

तसर्थ, कानुनको उल्लंघन भइसकेको भए पनि बजेटका सम्बन्धमा संवैधानिक प्रावधानको उल्लंघन हुन नदिन बजेट अधिवेशन डाकेर पहिला विश्वासको मत लिन उपयुक्त हुन्छ। त्यसपछि पूर्ण बजेट ल्याउने बाटो खुल्न सक्छ।

यसपालि पनि केही निकास त निकाल्न पर्ला सरकारले। कानुनको त अवज्ञा भइसक्यो। संविधानको फेरि अवज्ञा हुने हो कि भन्‍ने जोखिम छँदै छ!

यदि प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएन भने पूर्ण बजेट ल्याउनु उपयुक्त होइन। हाम्रो संविधानले यस्तो अवस्थामा कस्तो बजेट प्रस्तुत गर्नुपर्छ भनेर कुनै संकेत गरेको छैन।

अरू मुलुकहरूमा चुनावी सरकार भएको बेला वा विश्वासको मत पाउन नसकेको सरकार भएको बेला सरकारका काम र सेवालाई निरन्तरता दिन अन्तरिम बजेट प्रस्तुत गर्ने चलन छ। नेपालमा पनि एकपटक यसको अभ्यास भएको हो।

पहिलो संविधानसभाको निर्वाचनपछि नयाँ सरकार बन्‍न समय लाग्यो। असारको २५ गतेसम्म पनि सरकार बन्‍न सकेन। अर्को आर्थिक वर्ष सुरू हुन छ दिनमात्र बाँकी थियो। व्यवस्थापिका-संसद्‍को रुपमा काम गरेको संविधानसभाले कि त पूर्ण बजेट पेस गर्न समय दिनुपर्थ्यो कि कुनै निकास दिनुपर्थ्यो। त्यसबेला केही प्रभुत्वशाली सांसद तत्कालीन सरकारलाई कुनै हालतमा बजेट पेस गर्न नदिने अडानमा थिए। बिनाबजेट सरकार चल्न सक्दैन भन्‍ने तर्कले काम गरेको थिएन। अर्थ मन्त्रालयको जोरजुलुम मान्दैनौं, नयाँ सरकार बनेपछि मात्र बजेट आउँछ भनेर तर्क दिने केही सांसदको बन्दी बनेको थियो पुरै संसद्।

असार मसान्तको राति १२ बजेपछि आर्थिक ऐनबमोजिम लगाइएका सबै कर छुट हुने छन् भन्‍ने कुरा पनि बुझाउन सकिएको थिएन।

कैदीले सिदा पाउनसक्ने छैनन् भनियो। सरकारी अस्पतालमा भर्ना भएका बिरामीको सिदा रोकिने छ भनियो। अस्पतालमा उपचार बन्द हुने छ भनियो। कुन तर्कले काम गर्‍यो कुन्‍नी, चट्टानी अडान लिएका सांसद पूरा बजेट होइन बरू संविधान संशोधन गरेर चालु वर्षको कूल खर्चको एकतिहाइ बराबरको रकम खर्च गर्न र चालु आर्थिक ऐनबमोजिम नै कर उठाउने अधिकार दिने अन्तरिम बजेट ल्याउन दिन सहमत हुनुभयो।

२०६५ साल असार २९ गते अन्तरिम संविधानमा त्यही अन्तरिम बजेट ल्याउने अधिकार दिन पाँचौं संशोधन संविधानसभाले पास गर्यो। बजेट ल्याउनकै लागि मात्र संविधान संशोधन गरिएको घटना विश्वमै दुर्लभ हो, जुन नेपालमा भयो। 

यसपालि पनि केही निकास त निकाल्न पर्ला सरकारले। कानुनको त अवज्ञा भइसक्यो। संविधानको फेरि अवज्ञा हुने हो कि भन्‍ने जोखिम छँदै छ!

(पूर्व अर्थसचिव खनालको फेसबुक पेजबाट साभार)

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  २२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्