काठमाडौं– सर्वाेच्च अदालतमा मंगलबारदेखि भर्चुअल प्रविधिबाट बहसको सुरूवात भएको छ।
सर्वाेच्च अदालतले कानुन व्यवसायीलाई आफ्नै फर्मबाट अथवा सर्वाेच्च अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको छ।
मंगलबार न्यायाधीश अनिल सिन्हाको एकल इजलासबाट सर्वाेच्च अदालतले भर्चुअल बहसको व्यवस्था मिलाएको थियो।
आजको बेञ्चमा बन्दीप्रत्यक्षीकरण सम्बन्धी ६ वटा निवेदनको सुनुवाइ भएको थियो। सुरूवातको चरणमा एउटा बेञ्चबाट भएको बहसलाई सरोकारवालाहरूसँगको समन्वय मार्फत ब्यवस्थित गरिने सर्वाेच्च अदालतका सह– प्रवक्ता देबेन्द्र ढकालले बताए।
सर्वाेच्च अदालतले आफ्नो न्यायपालिकाको चालु रणनीतिक योजनामा प्रविधिमैत्री बहस बनाउने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।