काठमाडौं- विराटनगरस्थित विराट मेडिकल कलेजको शिक्षण अस्पतालमा अज्ञात समूहले आक्रमण गरेको छ। सोमबार राति अस्पतालको आकस्मिक कक्षमा उपचारमा खटिरहेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो।
सडक दुर्घटनाका घाइतेको उपचार चलिरहेको समयमा बाहिरबाट आएका दुई जना युवाले आक्रमण गरेको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार आक्रमणबाट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई चोट लागेको छ।
आक्रमणमा संलग्न दुई जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।