सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्ची नगपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेलम्ची बजार लगायत आसपासका क्षेत्रलाई सिल गरिएको छ।
कोरोना भाइरसको दोश्रो लहरबाट मेलम्ची नगरपालिका वडा नं ११ निवासी ७६ वर्षीय एक पुरुषको जेठ ३ गते मृत्यु भएपछि नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरु सिल गरिएको नगरपालिकाकी उपप्रमुख भगवति नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
नगरपालिकाको विभन्न क्षेत्रमा जेठ ८ गते राति १२ः०० बजेसम्म सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।
मेलम्ची नगरपालिकाको मेलम्ची ११ डुडेखोलादेखि सोही वडाको फट्टेपुलसम्म, मेलम्ची ११ टार शेराफाँट बाटो क्षेत्रभित्र, मेलम्ची ११ दोभानटार बगैँचा क्षेत्रभित्र, मेलम्ची ११ विसौना क्षेत्रभित्र र मेलम्ची बजारदेखि मेलम्ची १० को सुकौरा खोल्सा क्षेत्र सिल गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै नगरपालिकाले निषेधाज्ञाको अवज्ञा गर्दै जथाभावि नहिँड्नसमेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।