राजविराज– सप्तरीमा माटोको ढिस्कोले पुरिएर शुक्रबार एक महिलाको मृत्यु भएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहकी २८ वर्षीया जयदेवी लौगीको पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ। उनी लिपपोतका लागि आवश्यक माटो खन्न गएकी थिइन्। मृतकका एक छोरा र एक छोरी छन्।
मृतकको शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।