काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने रिक्त सदस्य पदको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई मतदान गर्ने निर्णय गरेको छ। पार्टीको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि नेपाल कम्युनिस्ट (एमाले) बाट अनुरोधसहितको पत्र प्राप्त भएकोले राप्रपाले एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको उनले बताए।
'सो निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापामगरको पक्षमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई जानकारी गराउने निर्णय गरिएको छ,' प्रवक्ता श्रेष्ठले भने।
बागमती प्रदेशमा जेठ ६ गते उपनिर्वाचन हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।