• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वनमन्त्रीलाई प्रश्न- अक्सिजन नपाएर मान्छे मरिरहँदा घाटमा दाउराको अभाव नहोस् भन्न अप्ठेरो लागेन? 

जिकिर– घाटमा दाउराको अभाव नहोस् भनेर के गल्ती गरेँ ?
64x64
नेपाल लाइभ सोमबार, जेठ ३, २०७८  १८:४२
1140x725

काठमाडौ–  वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले आफ्ना अभिव्यक्तिका कारण बेला–बेला विवादमा आइरहन्छन्। पछिल्लो समय पनि उनी आफ्नो एउटा अभिव्यक्ति (निर्देशन)का कारण आलोचनाको केन्द्रमा छन्। 

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने दर बढिरहँदा मन्त्री आलेले आर्यघाटमा दाउराको कमी हुन नदिनू भनेर दिएको निर्देशनलाई लिएर अहिले सवत्र आलोचना भइरहेको छ। 

मन्त्री आलेले आइतबार पशुपति क्षेत्रको शवदाह गर्ने स्थान (आर्यघाट)मा दाउराको कमी हुन नदिन वन तथा वातावरण मन्त्रालय मातहतको नेपाल वन निगमका महाप्रबन्धक धनञ्जय पौडेललाई निर्देशन दिएका थिए। 

वन मन्त्री आलेले शव जलाउन दाउराको कमी हुन नदिनू भनेर निर्देशन दिएको विषयमा समाचार सार्वजनिक भएपछि सरकारको प्राथमिकताको क्षेत्रलाई लिएर समेत अहिले आलोचना भइरहेको छ। कोरोना संक्रमितहरु अक्सिजन नपाएर मृत्युवरण गरिरहेको अवस्थामा सरकारले भने अक्सिजनको व्यवस्था गर्नुको सट्टा आर्यघाटमा दाउराको जोहो गर्न जोड दिएको आलोचकहरुको टिप्पणी छ।

मन्त्री आले भने आफूले बोलेको कुराको गलत ब्याख्या भएको दाबी गर्छन्। ‘कोरोना संक्रमितहरु अक्सिजन नपाएर मरिरहँदा घाटमा दाउराको अभाव नहोस् भनेर निर्देशन दिन अप्ठेरो लागेन?’ भन्ने नेपाल लाइभको प्रश्नको जवाफमा मन्त्री आलेले भने, ‘घाटमा दाउराको कमी नहोस् भनेर विभागीय मन्त्रीका हिसाबले निर्देशन दिएको हुँ। त्यसको गलत ब्याख्या गरेर अहिले सामाजिक सञ्जालतिर विरोध भइरहेको छ। आफूले सम्हालेको मन्त्रालयको जिम्मेवारीअनुसार मैले निर्देशन दिएको हुँ। दाउराको कमी हुन नदिनू भनेर मैले के गल्ती गरेँ ?’

कोरोना संक्रमितको मृत्युदर बढेसँगै आर्यघाटमा दाउराको अभाव हुन थालेपछि आफूले चासो लिएर सम्बन्धित निकायका व्यक्तिलाई समस्या समाधानका लागि निर्देशन दिएको मन्त्री आलेको दाबी छ। 

‘पहिला एक ट्रक दाउरा हुँदा तीन दिनलाई पुग्ने गरेको रहेछ, तर कोरोनाको दोस्रो लहर फैलिएपछि तीन ट्रक दाउराले पनि एक दिनलाई धानेको छैन,’ मन्त्री आलेले भने, ‘अहिले दाउराको अभाव भएको र वन मन्त्रालयअन्तर्गतका निकायका प्रमुखहरुले पशुपतिमा शव जलाउन समेत दाउरा अभाव हुन थाल्यो भनेपछि मैले तत्काल आफ्नो मन्त्रालयको जिम्मेबारीबोध गर्दै निर्देशन दिएको हुँ।’

आइतबार मन्त्रालयमा बैठकपछि आफूले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएको उनले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय, नेपाल वन निगम लिमिटेडका महाप्रवनधक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा अभाव भएको, त्यहाँवाट आपूर्ति बढाउन माग आएको जानकारी गराएपछि यस्तो निर्देशन दिएको उनले सुनाए। वन निगम लिमिटेडका महाप्रवनधक पौडेलले शव जलाउनका लागि आफूहरूसँग कम्तिमा पनि एक महिनाका लागि दाउरा अहिले नै दिनुपर्ने भनेपछि यस्तो निर्देशन दिएको उनले बताए। 

‘वैज्ञानिक वन व्यवस्थापन खारेज भएको र त्यहाँको दाउरा रोकिँदा रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि शव जलाउन पुग्ने भएकाले अहिलेलाई अभाव हुन नदिने मैले निर्देशन दिएको हुँ,’ आलेले भने। 

मन्त्री आलेले निजी क्षेत्रसँगको सहकार्यमा समेत दाउरा ल्याउनका लागि पहल भइरहेको बताए। 

पछिल्लो हप्ता यता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म शव आउने गरेको कुरालाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएको आलेले प्रष्ट पारे। 

पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोख्रेलले कोरोनाबाट मृत्यु भएकाको एक शव जलाउन कम्तिमा चार क्विण्टल दाउरा लाग्ने गरेको जानकारी दिए। 

कोभिड नभएकाको शव जलाउन दुई क्विण्टल जती दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृत्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्ने भएपछि यस्तो निर्देशन दिन परेको मन्त्री आलेले बताए। पछिल्लो दुई हप्तायता आर्यघाटमा शव जलाउनका लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ।   

आलेले भने, ‘सरकारले वैज्ञानिक वन खारेज गर्‍यो। म नै मन्त्री भएर आएपछि वैज्ञानिक वनका नाममा भष्टाचार भएपछि रोकेको हुँ।’ 

वैज्ञानिक वन भित्रका काठ दाउरा प्रतिबन्ध लगाएका कारण रोकिएको छ। वैज्ञानिक वनको काठ दाउरा खारेज भएपछि निगमको दायरा रोकिएकाले यस्तो निर्देशन दिएको उनले बताए। ‘मन्त्रीपरिषद्बाट वैज्ञानिक वनको काठ फुकुवा गर्ने निर्णय त भयो तर तत्काल आउने सम्भावना नभएपछि ज्यान त गुमाए, शव पनि  जलाउन नरोकियोस् भनेर यस्तो निर्देशन दिएको हुँ,’ उनले भने। 

आफूले सकारात्मक रुपमा लिएर यस्तो काम गरेको, तर नकारात्मक रुपमा प्रस्तुत गरिएको उनले दावी गरे। 

‘मन्त्रीहरु अहिले कोरोना संक्रमितको उपचार र मृत्यु नै हुन नदिनेमा केन्द्रित हुनुपर्नेमा दाउरा व्यवस्थामा कति हतारो देखाएको’ भनेर आलोचना भइरहेको छ नि ? भन्ने प्रश्नमा मन्त्री आलेले अक्सिजन व्यवस्था गर्ने जिम्मेवाारी आफ्नो मन्त्रालयको नभएको बताए। 

‘अक्सिजन ल्याउने र उपचारमा ध्यान दिने काम स्वास्थ्य मन्त्रालय र मन्त्रीले गर्ने हो। अक्सिजवन अभावको कुरा गर्ने हो भने मैले डोटी र कैलालीमा आफ्नो पैसाले खरिद गरेर पठाएको छु’, उनले भने, ‘कोभिड नेपालमा मात्र फैलिएको हैन। विश्वभर फैलिएको छ। यसको नियन्त्रण तथा रोकथामका लागि सरकारले आफ्नो भरपुर प्रयास जारी नै राखेको  छ।’ 

सामूहिक रुपमा मन्त्रीको जिम्मेवारीमा गर्ने कार्यमा आफू कतै पछि नहेटेको भन्दै उनले सबै कुरालाई नकारात्मक रुपमा चित्रित गरेर आलोचना गर्न नहुने बताए। 

‘कोरोना नियन्त्रणका लागि मन्त्रिपरिषद्बाट गम्भीर रुपमा निर्णय गर्नेदेखि अन्य कुरामा सहभागी भएकै छु,’ उनले भने, ‘यहाँ सकारात्मक कुराको प्रचार गर्ने भन्ने छैन, नकारात्मक कुरालाई मात्रै बिकाउने चलन छ।’

यो पनि पढ्नुहोस्

वनमन्त्रीको निर्देशन : पशुपतिमा शव जलाउन दाउराको कमी नहोस्आइतबार, जेठ २, २०७८

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ]
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठक बस्दै साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् । आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन्। आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर सोमबार, वैशाख १४, २०८३
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्