रामपुर, पाल्पा- कालीगण्डकीमा नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन्।
सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
उनीहरु बिहीबार नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६, यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएका थिए। कूलपूजा सकेर नुहाउन गएका चार जनामध्ये दुईजना बेपत्ता भएको र दुई जनाको नदीबाटै उद्धार गरिएको घिमिरेले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।