धुन्चे– रसुवाको लाङटाङमा चिप्लिएर लड्दा एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ओखलढुङ्गाको मालगा गाँउपालिकाका-६ का अन्दाजी ३६ वर्षीय आङकामी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शेर्पा रसुवाको गोसाइकुण्ड गाउँपालिका-४ लाङटाङमा समारटिएन्स पर्स नामक संस्थाको आवास निमार्ण अन्तर्गतका कर्मचारी हुन्। बुधबार साँझ लाङटाङ खोलामा चिप्लिएर बेपत्ता उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका नायव उपरीक्षक सरतकुमार थापा छेत्रीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।