भारत –भारतमा कोरोनाको दोस्रो लहरको कहर केही कम भएको देखिएको छ तर अवस्था अहिले पनि चिन्ताजन नै रहेको छ।
पछिल्लो २४ घन्टामा भारतमा ३ लाख ४२ हजार ८९६ कोरोना संक्रमित थपिएका छन् भने ३ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ। राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा ८ हजार ५ सय ६ संक्रमित थपिएका छन्।
त्यस्तै संक्रमण पुष्टि हुनेको संख्याभन्दा निको हुनेको संख्या बढी भएको सरकारले जनाएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मुलुकभर दैनिक संक्रमित हुनेको संख्या तेस्रो दिन पनि संक्रमितको संख्याभन्दा बढी देखिएको हो।
शुक्रबार ३ लाख ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएका छन्।
विगत चारयता संक्रमितको संख्या लगातार निको हुनेकोभन्दा कम आउनुले संक्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञहरूले लिएका छन्। दश राज्यमा निको हुनेको संख्या ७१।१६ प्रतिशत रहेको मन्त्रालयले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।