विराटनगर– प्रहरीले मोरङको केराबारीबाट अवैध रुपमा गिट्टी–बालुवा उत्खनन गर्ने जेसिवी र चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
खदम खोलाबाट मापदण्ड विपरित ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा ओसार–पसारमा संलग्न रहेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। केराबारी गाउँपालिका ७, ८ र १० स्थित खोला आसपासबाट ना१क ६८५४ नम्बरको जेसिवी तथा को१त ४८३८, को२त ७३४०, को२त ६८४५ र को२त ४३२१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ।
नियन्त्रणमा लिइएका जेसिवी र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङमा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।