काठमाडौं- उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्वविद्यालयहरुको सम्पर्क कार्यालय खारेज भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णय गर्दै ११ वटा विश्वविद्यालयका काठमाडौं उपत्यकाभित्रका सम्पर्क कार्यालय खारेज गरेका हुन्।
यस्ता सम्पर्क कार्यालयहरुको खास भूमिका र प्रभाव नरहेकाले हटाउने निर्णय गरिएको शिक्षामन्त्री पोखरेलका निजी सचिव पुष्प ढकालले बताए। ऐनमा कुनै पनि व्यवस्था नभएकाले सम्पर्क कार्यालय तत्काल हटाउन मन्त्री पोखरेलले निर्देशन दिएका थिए।
आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापन सहज गर्न सम्पर्क कार्यालय खारेज गरिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।