पोखरा– कास्की प्रहरीले आज २ विविध मुद्दामा सजाय तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
लागूऔषध बुप्रिनर्फिन मुद्दाका फरार प्रतिवादी पोखरा–लेखनाथ महानगरपालिका– ११ बस्ने ४४ वर्षीय अमृत रानालाई बिहीबार पक्राउ गरेको प्रहरीले बताएको छ।
त्यस्तै, प्रहरीले बिहीबार नै कास्की पुरन्चौरका हाल पोखरा–लेखनाथ महानगरपालिका– १९ बस्ने ५१ वर्षीय शिवबहादुर खत्रीलाई समेत पक्राउ गरेको छ। खत्री गाली-बेइज्जती मुद्दाका फरार अभियुक्त हुन्।
कास्की प्रहरीको फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत २ अभियुक्त पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।