सांकेतिक तस्वीर
संखुवासभा – संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको छ ।
बुधबार बिहान साँढे ८ बजे सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा(लुज) खस्दा शुक्लाफाँट नगरपालिका-१२ कन्चनपुरका ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो।
सोही ढुङगाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु राना घाइते भएका छन्। घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।