काठमाडौं– अहिले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
बाँकी भू–भागमा सामान्य देखि पूर्ण बदली रहेको विभागको भनाइ छ। हाल पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारणदैनिकजसो वर्षा भएको विभागको दाबी छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ।
राति देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।