काठमाडाैं- पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न नेकपा एमालेको माधवकुमार नेपालपक्षको स्थायी कमिटी बैठक बसिरहेको छ।
बैठक जुममार्फत् 'भर्चुअल' भइरहेको एक नेताले नेपाल लाइभलाई बताए। उनका अनुसार बैठक साढे १२ बजेबाट सुरु भएको हो।
बैठकमा नेपालपक्षका स्थायी कमिटी सदस्यहरुका साथै सांसदहरु समेत सहभागी रहेको ती नेताले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरु मिलेर बहुमतको सरकार आह्वान गरेपछि नेपाल पक्षको स्थायी कमिटी बैठक बसेर छलफल गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत बहुमतद्धारा अस्वीकृत भएपछि भएको थियो। नेपालपक्षका २८ सांसद ओलीलाई विश्वासको मत दिन संसद्मा भएको मतदानमा अनुपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।