• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनमोर्चाका एक सांसद अनिर्णित हुँदा गण्डकीको मुख्यमन्त्रीमा गुरुङ नै दोहोरिने संकेत

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २८, २०७८  १४:१२
1140x725

काठमाडौं- नयाँ सरकारको दाबी गर्न जनमोर्चाका एक सांसद तयार नभएपछि गण्डकी प्रदेशमा ठूलो दलको आधारमा पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिन सक्ने आकलन शुरु भएको छ। प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार बनाउन दिएको अवधि बुधबार सकिँदैछ।

नयाँ सरकार गठनको प्रयत्न गरिरहेको विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित सोमबार नै दाबी गर्ने तयारी गरिएको थियो। तर, जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले हस्ताक्षर गर्न आनाकानी गर्दा कांग्रेस–माओवादी केन्द्र–जसपाको तयारीले मूर्त रुप पाउन सकेन।

‘जनमोर्चाको डिसिजन नआइकन केही भन्न सकिएन। हिजो निर्णय गर्ने भनेका हुन्, गरेनन्’, माओवादी केन्द्रका प्रदेश सभा सदस्य दीपक कोइरालाले भने, ‘संवाद भएको भयै छ। गर्छु भन्छन्, गर्दैनन्। २८ जनाको हस्ताक्षर तयार छ। हामी तीन दल (कांग्रेस, माओवादी केन्द्र र जसपा) मा केही समस्या छैन।’

कथं अहिले थापाले हस्ताक्षर गरे भने सरकारले एक महिना पछि लिनुपर्ने विश्वासको मतमा उनले नदिने हो कि भन्ने आशंका पनि कांग्रेस-माओवादीलाई छ।

विपक्षी दलले बहुमतसहित दाबी गर्न सकेनन् भने संविधानको व्यवस्था अनुसार ठूलो दलको सरकार बन्ने अवस्था आउँछ। ठूलो दल एमाले हो। २७ सांसद रहेको एमालेका संसदीय दलका नेता गुरुङ पुनः सोही पदमा दोहोरिन सक्छन्। ‘विपक्षी दलको पक्षमा सही नगर्दा स्वतः उता (एमाले पक्षलाई) सहयोग गरेको ठहरिन्छ’, कोइरालाले भने।

कोइरालाको भनाइप्रति समर्थन जनाउँदै एमालेका सांसद धनञ्जय दवाडीले भने, ‘जनमोर्चाको एक सांसद मात्रै पनि गठबन्धनतिर नजाँदा उनीहरुको बहुमतको पुग्दैन। अर्कोतिरको बहुमत नपुगेपछि ठूलो दलको सरकार बन्ने धारा स्वतः आकर्षित हुन्छ।’

संविधानको १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार बन्न नसके १६८ (३) मा सरकार बनाउने विकल्प प्रवेश हुन्छ। १६८ (३) अनुसार संसदको ठूलो दलले सरकार बनाउने व्यवस्था छ।

पार्टीको निर्देशन कार्यान्वयन गर्नका लागि सचेतक पियारी थापाले ह्वीप समेत जारी गरेकी छन्। वैकल्पिक सरकारका पक्षमा आफूहरु रहेकाले जनमोर्चाका सबै सांसदले गठबन्धन पक्षका हस्ताक्षर गर्नुपर्ने उनले बताइन्। ह्वीप जारी गरेको थापाले दाबी गरे पनि दलका नेता थापाले आफूले फेसबुकतिर देखेको बताए। पार्टी निर्देशन अनुसार नयाँ सरकारको पक्षमा दलका नेता नदेखिए कारबाही समेत भोग्नुपर्ने उनले बताइन्।

nimb
nimb
Ncell 2
Ncell 2

जनमोर्चाका तीन सांसदमध्ये संसदीय दलका नेता थापा र सचेतक थापा बीचको मतभेद रहेको स्पष्ट देखिन्छ। सचेतक थापा कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन सहमत छन्। दलका नेता थापा भने अझै अनिर्णित छन्। ‘हस्ताक्षरको आशा गर्न त पाइयो। हस्ताक्षर गर्ने/नगर्ने दुवै हुन सक्छ’, कांग्रेस-माओवादीलाई उनले प्रश्न गरे, ‘बहुमत पुर्‍याउन नसक्ने हो भने किन कस्सिएका रहेछन् त?’

द्विविधामा रहेका थापाले स्पष्ट विचार भने देखाएका छैनन्। मंगलबार पाँच बजेसम्म निर्णय गर्नसक्ने संकेत गरेका उनले कुन पक्षमा जाने बताउन चाहेनन्। कांग्रेस र माओवादीसँग केही गुनासो रहेको सुनाएका उनले ती गुनासा के हुन् सुनाउन चाहेनन्। पृथ्वी सुब्बा गुरुङलाई पार्टीले दिएको समर्थन संसदीय दलमा छलफल नगरी फिर्ता लिएको भन्दै उनले असन्तुष्टि जनाए।

नयाँ सरकारको पक्षमा थापा देखिएनन् भने अनुशासनको कारबाही गर्ने तयारी समेत गरिएको छ। ‘हाम्रो दलको हस्ताक्षर दिनुपर्नेछ। ह्वीप जारी भइसकेको छ। उहाँकै प्रतीक्षामा छौं’, सचेतक थापाले भनिन्, ‘पार्टीको निर्देशन अटेर गरे उहाँलाई कारबाही हुन्छ। जनमोर्चाको इतिहासको संसदीय अभ्यासमा दलको निर्णय अटेर गरेको पहिलो घटना हुन्छ।’

हस्ताक्षर नगरेकै कारण पार्टीको निर्देशन अटेर गरेको भनी जनमोर्चाले उनलाई हटायो भने संसदको अंक गणितमा परिवर्तन आउँछ। उनलाई हटाइयो भने कुल सांसद संख्या ५९ हुन पुग्दछ। त्यतिबेला सरकार बनाउने ३० जनाले बहुमत पुग्दछ। विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन उक्त संख्याले पुग्दछ।

३० जनासहित बहुमत पुर्‍याउन एमालेलाई सम्भव देखिन्न। एमालेका २७ सांसद छन्। स्वतन्त्र एक थपिए एमालेको पक्षमा २८ पुग्दछ। बहुमत पुर्‍याउन एमालेलाई थप २ सांसद आवश्यक पर्दछ। कांग्रेसका १५, माओवादीका ११,जनमोर्चाका २ (यदि दलका नेता थापा हटाइयो भने) जसपा दुई गरी ३० सांसद पुग्दछ।

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेन्सर बोर्डमा मनोज पण्डित नियुक्त
१० महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश
सम्बन्धित सामग्री
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हु... शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग शुक्रबार सरकारद्वारा गठन गरिएको अनुसन्धान समितिबारे प्रतिक्रिया दिँदै आङ्देम्बेले समितिको उद्देश्य सत्य तथ्य बाहिर ल्याउने हुनुपर्ने... शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत फर... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
सेन्सर बोर्डमा मनोज पण्डित नियुक्त शुक्रबार, जेठ १, २०८३
१० महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र शुक्रबार, जेठ १, २०८३
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग शुक्रबार, जेठ १, २०८३
कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्