काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले विभिन्न पार्टी र नेताहरुलाई लक्षित गर्दै सात बुँदामा टिप्पणी गरेका छन्। उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकलाई लाञ्छित गर्दै टिप्पणी लेखेका हुन्।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीले पाएको उपलब्धी दक्षिणपन्थीको पाउमा चढाउन लागेको आरोप लगाएका छन्। यसैगरी पार्टी फुटाएर वरिष्ठ नेता नेपाल उग्रवामपन्थी र दक्षिणपन्थीको घोडा बन्न तयार भएको उल्लेख गरेका छन्।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईलाई उनले कुण्ठाग्रस्त रहेको टिप्पणी गरेका छन्। भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरुका नौटंकी फेरि देखिन लागेको उनको भनाइ छ।
यस्तो छ उनको ७ बुँदे टिप्पणी :
१) ७१ बर्ष पछाडी कम्युनिष्ट हरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चढाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन पनि देखियो।
२) जनताको प्यारो पार्टी फुटाएर भएपनि उग्रवामपन्थी र दक्षिण पंथीको घोडा बन्न तयार माधव नेपालहरुको विधि र अनुशासन पनि देखियो।
३) बिगतमा सत्तामा रहदाँ भ्रष्टाचार, अनियमितता र कुशासन दिने काँग्रेस नेताहरुका नौटंकी फेरि देखिदैछ।
४) पद र पैसा भने पछि जिउ ज्यान छाड्ने आफू मन्त्री होउन जेल तेही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिए पछी प्रतिगामी , संबिधान संशोधन र मधेसी आन्दोलनका मुद्धामा मतलब छैन कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादबको मधेस मोह पनि हेरियो।
५) आठओटा पार्टी फेरेर प्रबेश गरेको जसपालाइ फोर्न प्रचण्ड र राम चन्द्रहरुको गोटी बन्ने अफ्नो साँसदहरुलाइ एक ठाउँमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठापनि देखियो।
६) राष्ट्रियता जनताको बिकाश, समृद्धि र कोबिडको महामारी बिरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री के पी ओली नै हो कुनै भ्रममा नपरी हाम्रो पकति अभियान बनाएर लागौं।
७) स्याल हुँइया गर्नेहरुको भबिष्य छैन। आवश्यक प्रतिरोध गरौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।