काठमाडौं– युवा क्रिकेटर सन्दीप लामिछानेलाई गृह मन्त्रालयले गणतन्त्र दिवसको अवसरमा पदक दिने भएको छ। आगामी जेठ १५ गते सरकारले दिने विभूषण, मानपदवी तथा पदकको घोषणा गर्दै छ। सफल युवाका रुपमा उनलाई पदक दिन लागिएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार सन्दीपको नाम सूचिमा परिसकेको छ।
यसैबीच गृहमन्त्री रामबहादुर थापा‘बादल’ले चर्चित क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई आज गृहमन्त्रालयमा बोलाएर बधाई दिएका छन्।
भेटमा गृहमन्त्री बादलले खेल क्षेत्रको विकासका लागि सरकार गम्भिर रहेको भन्दै खेलाडीहरु देशको गहन भएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।