काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षणका आवश्यक कीट सकिएपछि बन्द गरेको जनाएको छ।
अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले निषेधाज्ञाका कारण बाहिरबाट परीक्षणका लागि आवश्यक एक्सपान्सन सामग्री आउन नसकेपछि कीट अभाव भएकाले केही दिनलाई परीक्षण बन्द गरिएको बताए।
टेकु अस्पतालमा दैनिक पाँच सय बढी व्यक्तिको पिसिआर परीक्षण हुँदै आएको छ।
निर्देशक राजभण्डारीले केही दिन आवश्यक परीक्षण सामग्री आएपछि पुनः परीक्षण सुरु गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।