काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्। बैठक आज (मंगलबार) दिउँसो ३ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै देउवाले यसबारे छलफल गर्न बैठक डाकेका हुन्।
बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारी सहभागी हुने कांग्रेस नेता रमेश लेखकले बताए।
पदाधिकारी बैठकलगत्तै कांग्रेसले अन्य विपक्षी दलका नेताहरुसँग छलफल गर्ने तयारी गरेको लेखकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।