काठमाडौं– नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण भएको छ।
पार्टी प्रवक्ता रामप्रकाश पुरीले एक विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
संक्रमणपछि सिंह अहिले होम आइसोलेसनमा रहेका छन्। सिंहको अवस्था सुधारउन्मुख रहेको विज्ञप्तिमा जनाइएको छ। दुई दिन अघि अक्सिजनको लेबल घटेको भएपनि अहिले केही बढेको विज्ञप्तिमा जनाइएको छ।
'दुई दिनअगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको अवस्था छ’ प्रवक्ता पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
महामन्त्री सिंह राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका पति हुन्। पौडेल सोमरबार प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।