काठमाडौं– अहिलेको प्रश्न एक थान सरकार गठनको मात्र नभएको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बताएका छन्। अबको अहं प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोना लगायतका राष्ट्रिय समस्याको हल गर्नु रहेको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय भूमिका अव दलहरूको कोर्टमा आएको बताएका छन्।
‘अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैन,’ भट्टराईले ट्विटरमा भनेका छन्,’ ‘मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो।’
सबै दल संकीर्ण दलीय÷गुटीय सोच भन्दामाथि उठ्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।