काठमाडौं– अहिले देशका केही भूभागमा सामान्य बदली रहेको तथा बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
राति भने देशका अधिकांश भू–भागमा सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रदेश नं १ र प्रदेश नं २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।