कैलाली - जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले जारी निषेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
जिल्लामा कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
यसअघि पहिलो चरणमा वैशाख १६ गतेदेखि २२ गतेसम्म र दोस्रो पटक वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म निषेषज्ञा जारी गर्ने निर्णय भएको थियो।
सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले सो निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।