काठमाडौ– आज मातातीर्थ औंसी, प्रत्येक वर्ष वैशाख कृष्णऔँसीलाई मातृदिवसका रुपमा मनाउने परम्परा रहेको छ। आमाको मुख हेर्ने पर्वका रुपमा मनाइने आजको दिनमा आमालाई मीठा मीठा खानेकुरा तथा उपहामर दिने गरिन्छ।
आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमाप्रति श्रद्धा प्रकट गर्छन्।
मातातीर्थ मेला स्थगित
हरेक वर्ष आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६,मातातीर्थमा लाग्ने मेला स्थगित गरिएको छ। कोरोना भाइसरको जोखिमका कारण मेला स्थगित गरिएको हो।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ।
गतवर्ष पनि कोरोना भाइरसको संक्र्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।