काठमाडाैं- सरकारले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। आजै साँझ १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्यको सिफारिस गरिएको छ।
सोही निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन्।
सरकारले वैशाख २१ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेको थियो। सोहीअनुसार सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए। संसद्मा भएको मतदानमार्फत प्रधानमन्त्री ओली विश्वासको मत पाउन असफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।